एजेन्सी, ३२ साउन । भारतीय पूर्व प्रसिद्ध क्रिेकेट खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या गरेका छन ।
चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका उनी ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ ।
प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्व खेलाडीले आर्थिक सङ्कटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको जनाइएको छ । उनको शवको परीक्षणपछि थप विवरण आउनेछ जनाइएको छ ।
भारतीय सुप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटर गर्दै भनेका छन, ‘चन्द्रशेखरको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । यस समय उहाँसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन । मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’






