परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पहिरो प्रभावितलाई राहत वितरण

गुल्मी, ३१ साउन । पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली गुल्मीको सत्यवतीका पहिरो पीडितहरुको लागि राहत लिएर तेस्रो पटक प्रभावित क्षेत्रमा पुगेका छन् ।

आज मन्त्री ज्ञवालीसहित बिभिन्न संघसंस्थाका प्रमुखहरु राहत १२० वटा सेट किचन किड ९४६ वटा आइटम भएका सामाग्रीसहित पहिरो प्रभावित क्षेत्र पुगेका हुन् ।

पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० जना प्रभावितलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ ।

रोटरी क्लवमार्फत उपलब्ध गराइएका अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्ट, एक क्वीन्टल चिउरा, ५० केजी सोयावडी लगायतका सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीले प्रभावितलाई हस्तातराण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले