भाैतिक पूर्वाधारमन्त्री बर्खास्त

काठमाडौँ, ३१ साउन । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार साँझ पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनलाई बर्खास्त गरिएको हो ।

मुख्यमन्त्रालयका अनुसार मुख्यमन्त्री शाहीले पूर्वाधारमन्त्री खत्रीलाई राजीनामा दिनका लागि निर्देशन दिएका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीका नेतासँग छलफल गरी बर्खास्त गरेका हुन् ।

संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरी भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री शाहीले आफै सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले