काठमाडौँ, २९ साउन । पहिलो मैत्रीपूर्ण भलिबल प्रतियोगितामा आज नेपाल र अफगानिस्तान भिड्दै छ ।
उक्त खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाली समय अनुसार ३ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले अफगानिस्तानसँग बिहिबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।





