चीनमा रम्दै जुनियर फुटबल एकेडेमीका खेलाडी

काठमाडौं, २९ साउन । यतीखेर जुनियर फुटबल एकेडेमी नेपालका १२ वर्ष मुनीका १६ जना साना फुटबल खेलाडी चीनको अर्काे शहर शिन्दाओमा आयोजना भईरहेको गोेथिया कप २०१९ मा खेल्दै रमाइरहेका छन् ।

युवा र किशोर (युथ) फुटबल खेलाडीको लागि विश्वकप सरह मानिने उक्त फुटबल प्रतियोगितामा आयोजक चीनको साथै नेपाल, अमेरिका, जापान लगायत विश्वका ५० भन्दा बढी मुलुकका ५ हजार भन्दा बढी किशोर र युवा फुटबल खेलाडीले भाग लिएका छन् ।

जुनियर फुटबल एकेडेमी नेपालका अध्यक्ष एवम् काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काको नेतृत्वमा एकेडेमीका प्रमुख प्रशिक्षक प्रज्ज्वल प्रताप क्षेत्री, अफिसियल सुवाश गौली र सहायक प्रशिक्षकद्वय नरेश रावल र प्रशान्त महर्जनसंग उनीहरु चीनमा गएका थिए ।

बुधबारसम्म नेपाली खेलाडीले विभिन्न ४ वटा मुलुकका फुटबल टिमसंग मैत्रीपुर्ण र प्रतियोगी म्याच खेलिसकेका छन । औपचारिक उद्घाटन मंगलबार साँझ भएको उक्त प्रतियोगिता यही १८ अगस्टसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ