संघीय संसदमा नेपाल पुलिस स्कूल सामाखुसीका विद्यार्थी

काठमाडौं, २८ साउन । कितावी ज्ञानमा मात्र विद्यार्थी सीमित हुनुहुँदैन भन्ने मान्यताका साथ अघि बढेको नेपाल पुलिस स्कूल, सामाखुसीले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक अध्ययन विषयमा व्यावहारिक ज्ञान दिने उद्देश्यले संघीय संसदको बैठक चलिरहेको बेला संसद भवनको अवलोकन भ्रमण गरायो । संघीय संसद नेपालको केन्द्रीय तहको संसद हो ।

विद्यार्थीलाई संघीय संसद भ्रमणको व्यवस्था स्कूलकी समादेशक प्रहरी निरीक्षक हिमा थोकरले मिलाएकी थिइन । भ्रमणमा टोलीमा स्कुलको अतिरिक्त क्रियाकलाप संयोजक एवम् सामाजिक अध्ययन शिक्षक सरिता डङ्गोल, आधारभूत तह संयोजक गीता मुडभरी र प्रहरी नायव निरीक्षक विश्वनाथ झाको साथमा ६० जना विद्यार्थी सहभागी थिए ।

नीति निर्माण गर्ने प्रमुख तहबारे जानकारीको साथै अनुशासन र समयको महत्व विद्यार्थीहरुले बुझून् भन्ने उद्देश्यले संघीय संसद भ्रमणको आयोजना गरिएको स्कुलकी समादेशकले थोकरले बताइन । संघीय संसदका सभासदहरुले संसदको विशेष समय र शून्य समयमा बोल्दै गर्दा विद्यार्थीहरुले चासोपुर्वक सुनेका थिए ।

भ्रमणले नेताहरुले अनुशासित तवरले सीमित समयमा सभामुखमार्फत आफ्नो क्षेत्र र वर्गको सामूहिक हितका निम्ति सरकारको ध्यानाकर्षण गर्न राखेका विचारले राष्ट्र निर्माणमा नेताहरु संवेदनशील रहेको आफूले बुझेको धारणा सो स्कूलकी मेधावी छात्रा कृतिका आचार्यले बताइन् ।

अहिले राजनीतिक दल र नेताहरुप्रति नकारात्मक धारणा फिँजाइएको रहेछ । हामी पनि त्यसका सिकार भएका रहेछौँ अनि नेताहरुले समसामयिक विषय र देशको विकासका निम्ति राखेका विचारका कारण हाम्रो मस्तिष्कबाट त्यस्तो गलत धारणा हटेको छात्र विकास खड्काले बताए ।

विद्यार्थीहरुले सभामुखसँग साक्षात्कार गर्न पाउँदा गम्भीर भएका थिए । संसदको भ्रमण गरेपछि विद्यार्थीहरुले सभामुख कृष्णबहादुर महरासंग सामुहिक तस्वीर समेत खिचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि

एजेन्सी । बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्ने भएका छन् । बेल्जियमका इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई)मा

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट