रोट्¥याक्ट क्लवले पोखरामा मनायो युवा दिवस : युवा नेतृत्व सम्मानबाट सुवास मल्ल सम्मानित

पोखरा, २८ साउन । रोट्¥याक्ट क्लाव अफ पोखराले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाएको छ ।

उक्त सन्दर्भमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा र महिला उद्यमी संघ, कास्कीका अध्यक्ष, काशी गुरुङ्गले आफ्नो सफलताको कथा सुनाउनुभयो ।

रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइड र रोट्¥याक्ट क्लव अफ पोखराको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय युवा परिषद, युवा संस्थाहरुको संजाल नेपाल (आयोन) र जागृति बाल तथा युवा सरोकार नेपालले सघाएका थिए ।

कार्यक्रममा आफु सांसद निर्वाचित हुँदा युवा उमेरमै भए पनि भर्खर युवा उमेर पार गरेको बताउँदै सांसद कोइरालाले विद्यालय जीवन, विद्यार्थी राजनीति, जनयुद्धकाल, वाइसिएलको नेतृत्व गरेको समय, खेलकुद परिषदको नेतृत्व गरेको समय, नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्व गरेको समय, जिल्ला पार्टिको नेतृव्य गरेको समय र सांसद निर्वाचित भई कार्य गरेको समयका विभिन्न किस्साहरु सुनाउनुभयो ।

उता निमित्त रजिष्ट्रार डाक्टर थापाले जीवनमा सफलताको मानक समय अनुसार परिवर्तन हुने अनुभव राख्दै आफुले स्नातककालमा नै ३५ वर्षभित्र पिएचडी गर्ने लक्ष्य लिएर अगाडि बढेको र अन्ततः त्यसमा सफल भएको बताउनुभयो ।

महिला उद्यमी गुरुङ्गले दैनिक ५० रुपैयाँको जागिरदेखि हाल विभिन्न ३ वटा व्यवसायको मालिक रहँदासम्मको अनुभव सुनाउनुभयो । समयको व्यवस्थापन र निरन्तरको लगनले नै सफलता प्राप्त हुने उहाँको मत थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका सदस्य दिलिप न्यौपाने, रोट्¥याक्ट जोन ४ का जेडआरआर सुदिप प्रसाईं ठकुरी, जागृति बाल तथा युवा सरोकार नेपालका गण्डकी प्रदेश संयोजक प्रतीक्षा गैह्रे, रोट्¥याक्ट क्लव अफ पोखराका उपाध्यक्ष प्रवेश गौतम लगायतले पनि बोल्नुभएको थियो ।

दुवै क्लवका अध्यक्षद्वय विश्वदर्शन पराजुली र युदिप सुवेदी क्षेत्रीको संयुक्त सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोट्¥याक्ट क्लव अफ पोखराका सह सचिव सुसन घिमिरेले गर्नुभएको थियो ।

युवा नेतृत्व सम्मानबाट सुवास मल्ल सम्मानित

कार्यक्रममा युवा नेतृत्व सम्मान २०१९ बाट युवा अभियान्ता सुवास मल्ललाई सम्मानित गरिएको छ । मल्ल रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा रोट्¥याक्ट जोन ४ को निवर्तमान जेडआरआर समेत हुन् । उनी विगत दुई दशकदेखि युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

उनको नेतृत्वमा २०६४ मा पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलन समेत आयोजना गरिएको थियो, जसमा विभिन्न १४ वटा देशका ३०० युवाहरुको सहभागिता थियो । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा सहभागिता जनाइसक्नुभएको छ । नेपालबाहेक भारत, बंगलादेश, जापान, पोल्याण्ड, रुस, फिनल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क, इस्टोनिया, लाटभिया, लिथवेनिया आदि देशको भ्रमण गरेका उहाँ विभिन्न साहित्यीक अभियानहरुमा पनि सक्रिय छन् । उहाँका दुई पुस्तकहरु पनि प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई

shankar-pokharel

काठमाडौँ, २२ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजार खोल्दा काेराेनाभाइरस (कोभिड १९)को संक्रमण समुदायमा फैलिने चिन्ता व्यक्त

काठमाडौँ, २२ जेठ । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले

काठमाडौँ, २१ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या