त्रि.विको नेतृत्व चयन गर्दा राजनितिक भागबण्डा नगर्न सांसद लामाको माग

काठमाडौँ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेतृ, पूर्वअनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले राजनितिक भागबण्डा नगरीकन विश्वविद्यालयको नेतृत्व चयन गर्न माग गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले देशकै विश्वसनीय त्रिभुवन विश्वविद्यालय विभिन्न समयमा भष्ट्राचार जस्तो विषयमा फस्नु र राजनीतिक भागबण्डाको आधारमा नेतृत्व चयन हुनु गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व विद्यालयको  चाहे परीक्षाको विषयमा होस्, चाहे सम्बन्धनको विषय होस्, चाहे शिक्षक कर्मचारीको विषय होस्, चाहे समयमा स्ववियु निर्वाचनको विषय होस् । विश्व विद्यालय धेरै विकृति विसंगति छ । धेरै भन्दा धेरै अराजकता मौलाएको छ ।’

प्राज्ञिक व्यक्ति चयन गर्नको लागि राजनीतिक भागबण्डा हुन नहुने दाबी गर्दै उहाँले पछिल्लो समय विश्वविद्यालयमा भष्ट्राचार तथा विकृति विसङ्गति अराजक तरिकाले मौलाएकाले निष्पक्ष, विधि र प्रकृयाको आधारमा नेतृत्व चयन गर्न माग समेत राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । बिहीबार नेप्से परिसूचक करिब १ अंकले घटेपनि सेन्सेटिभ परिसूचक बढेको छ । आज नेप्से शुन्य दशमलव

काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१

काठमाडौँ, ५ भदौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर निम्नानुसार रहेको छ,

काठमाडौँ, ५ भदौ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको