भारतका सरकारी कलेजले दिएनन् नेपाली विद्यार्थीर्ला निर्वाह भत्ता

काठमाडौँ, २८ साउन । भारतका विभिन्न सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) नपाएर हैरान भएका छन् । प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाए पनि अहिलेसम्म नेपाली विद्यार्थी स्टाइपेन्ड पाएका छैनन् ।

चिकित्साशास्त्रअन्तर्गत एमडी÷एमएस, डीएम÷एमसीएच अध्ययन गर्ने विद्यार्थीलाई मासिक निर्वाहभत्ता (स्टाइपेन्ड) दिने विश्वव्यापी प्रचलन छ र नेपालमा पढ्ने भारतीय विद्यार्थीले पनि मासिक रुपमा त्यस्तो पत्ता पाइरहेका छन् ।

दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (उम्स), चन्डीगढको पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीआईएमईआर) र पेन्डीचरीको जवाहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्य्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (जेआईपीएमइआर) मा गरी १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो समाचार कान्तिपुर दैनिमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्