काठमाडौँ, २७ साउन । क्यानडाकाे ग्लोबल टी-२० लिग खेलेर नेपाली बलर सन्दीप लामिछाने साेमबार बिहान स्वदेश फिर्ता भएका छन् ।
टोरन्टो नेशनलमा आवद्ध सन्दीपले सुरुका खेलहरु भने गुमाएका थिए । सन्दीपको टिम एलिमिनेटर राउण्डबाटै आउट भए पनि सोमपालको टिम विनिपेग हग्सले भने उपाधि नै जितेको छ ।
उपाधि जिते पनि सोमपालले भने एक खेलमा मात्रै मौका पाए । सन्दीपले चार खेलमा ५ विकेट लिन सफल भएका थिए । चार खेलमा पाँच विकेट लिएका सन्दीपले प्रतियोगिताबाट धेरै कुराहरु सिकेको बताएका छन् ।





