काठमाडौँ, २७ साउन । एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एन आई सी एशिसा बैंकका ग्राहक महानुभावहरूले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिनेछ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् । उपाय सर्भिसेज लिमिटेड कानून, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरूद्वारा सञ्चालित एक डिजिटल प्ल्याटफर्म हो ।
बैँकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैँकले १७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।







