काठमाडौँ, २६ साउन । आइतबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।
नेप्से ४ दशमलव ८४ अंकले घटेर १ हजार २ सय ३३ दशमलव ७४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । लगानीकर्ताको चहलपहल पनि घटेकाले कारोबार रकम पनि घटेको छ ।
१ सय ६६ कम्पनीको ३१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका अधिकांश समुहहरु घटेका छन् । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको शेयरकारोबार बढी देखिएको छ ।
साल्ट ट्रेडिङका शेयरधनीले ९ प्रतिशत बढीले कमाएका छन भने एनसिसि बैंकका शेयरधनीले ९ दशमलव ९१ प्रतिशतले गुमाएका छन् । त्यस्तै जोसि हाइड्रोपावर र पाँचथर हाइड्रोपावरका शेयरधनीले पनि ८ प्रतिशतले गुमाएका छन् ।






