मैत्रीपूर्ण फुटसल खेलमा मन्त्री पुनको टोली विजयी

काठमाडौँ, २६ साउन । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनको टोलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको टोलीलाई पराजित गरेको छ ।

आइतबार भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको नेपाल विद्युत् प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसमा आयोजित फुटसल प्रतियोगितामा मन्त्रीको टोलीले घिसिङको टोलीलाइ ३–० गोल अन्तरले पराजित गरेको हो ।

जम्मा २० मिनेट खेलाइएको खेलमा मन्त्रालयका तर्फबाट ऊर्जामन्त्री आँफैले २ गोल साथै उनका स्वकीय सचिव दुर्गा चापागाईंले १ गोल गर्दै जित हासिल गरेको हो  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी