एजेन्सी, २६ साउन । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि शानदार जित हासिल गरेको छ ।
नेपाली समयअनुसार आइतबार बिहान भएको दोस्रो खेलमा बार्सिलोनाले नापोलीलाई ४–० गोल अन्तरको पराजित गरेको हो । बर्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेजले दुई, एन्टोनी ग्रीजम्यान र उसामान डेम्बेलेले समान एकरएक गोल गरे ।





