‘गोल अफ दि सिजन’को अवार्ड मेस्सीलाई

एजेन्सी, २५ साउन ।  सन् २०१८/१९ को ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् ।

रोपियन क्लब फुटबलको सर्वोच्च निकाय (युईएफए)ले शुक्रबार घोषणा गरेको युरोपियन च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’मा मेस्सीको गोललाई उत्कृष्ट ठहर गरेको छ ।

मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट ठहरिएको हो । मेस्सीले उनले डिबक्स बाहिरबाट लामो प्रहारमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । उक्त खेल बार्सिलोनाले ३–० गोलले जितेको थियो ।

युईएफएले वेबसाइटमा प्राप्त मतको आधारमा यस अवार्ड प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी