काठमाडौँ, २४ साउन । आज शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





