काठमाडौँ, २३ साउन । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डा तथा राजनीतिक हस्तक्षेपको विरुद्धमा विद्यार्थीहरु सडकमा उत्रेका छन् ।
आज विश्वविद्यालयका विभिन्न ठाउँहरुमा राजनैतिक भागबण्डको अन्त्य गर्नुपर्ने भन्दै नारा तथा व्यानरसहित विरोध गरेका हुन । त्रिवि लगायत देशभरिका विश्वविद्यालयहरुमा भईरहेको यस्ता अनावश्यक भागबण्डा तथा नियुक्ति खारेज गरी योग्यता, क्षमता तथा दक्षताको आधारमा नियुक्ति गर्नुपर्ने विद्यार्थीको माग रहेको छ ।
शुक्रबार राजनैतिक हस्तक्षेपका विरुद्ध सडक कविता बाचन गर्ने कार्यक्रम रहेको बिद्यार्थी के आर पाण्डुलिपिले जानकारी दिनुभयो ।






