काठमाडौँ, २३ साउन । वाणिज्य बैंकहरुमा सर्वसाधारणको बचत रकम घटेको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार साउनदेखि बैंकमा बचतभन्दा झिकिने रकम बढेको छ ।
असार मसान्तसम्म कुल २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप (बचत)संकलन भएकोमा साउन १० गते घटेर २८ खर्ब ६२ अर्बमा झरेको थियो । १७ गते यो रकम घटेर २८ खर्ब ५९ अर्बमा झरेको छ।
बचत रकमसँगै बैंकहरुले प्रवाह गर्ने कर्जा रकम पनि घटेको छ ।






