सेब टु ए साइड पुरुष भलिबल आजदेखि शुरु हुँदै

काठमाडौँ, २३ साउन । पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

सामाखुशी इङ्लिस बोर्डिङ स्कूल (सेब)को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताका खेलहरु काठमाडौँको नयाँ बसपार्कमा हुनेछ ।

एक सय १७ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख पुरस्कार, उपविजेताले रु ५० हजार, तेस्रोले रु २५ हजार र चौथो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु चार लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी