तरकारी बारीमा उज्ज्वल ताराका केटाकेटी

काठमाडौँ, २१ साउन । हामीले खाने, मकै र अरु खाद्यान्नको साथै हरियो सागसब्जी र फलफूल कहाँ र कसरी फल्छ भनेर देखाउन उज्ज्वल तारा स्कुल काँडाघारीका एकदेखि ४ कक्षासम्मका साना केटाकेटीलाई तरकारी बारीमै लगिएको छ ।

विद्यालयकी संस्थापक अध्यक्ष गायत्री कार्कीको नेतृत्वमा सम्वन्धित कक्षाका कक्षा र विषयगत शिक्षिकाको साथ लगाएर ती केटाकेटीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काडाँघारीस्थित चर्खा प्रचारक गान्धी—तुलसी स्मारक गुठी परिसरमा रहेको अर्गानिक कृषि खेतीको अवलोकन गर्न लगिएको हो ।

त्यहाँ उनीहरुलाई धान, मकै, भटमास, सीमी, बोडी, हरियो खुर्सानी, रायो साग तोरी लगायत फलफूल (भोगटे) कसरी फल्छ, त्यसमा के कस्ता मलको प्रयोग गरिन्छ, वर्षातको मौसममा कसरी जोगाइन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान दिइएको थियो । ‘हामी र हाम्रो खाना’ शिर्षक राखेर उनीहरुलाई व्यवहारिक ज्ञान दिन खेतमा लगिएको विद्यालयकी संस्थापक अध्यक्ष गायत्री कार्कीले बताइन ।

प्याकेटमा बेचिने जंक फूडलाई निरुत्साहित गर्दै अर्गानिक खानेकुरालाई प्रोत्साहन गर्न पनि यस्ता व्यवहारिक ज्ञानले सघाउने विद्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई