काठमाडौँ, २१ साउन । आज मंगलबार पनि सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोल ६८ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय ९५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





