एजेन्सी, २१ साउन । बेल्जियन साइकलिस्टको रेसमा दुर्घटनामा परि मृत्यु भएको छ ।
पोल्याण्डमा जारी टूर दि पोलोग्नेको तेस्रो चरणको रेसमा दुर्घटनामा परेका बेल्जियमका २२ वर्षीय बोर्ग ल्याम्ब्रेटको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि तत्कालै उनलाई अस्पताल पुर्याइएको उनको सोमबार निधन भएको हो । ब्यावसायिक साइकल्ङि प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाएका ल्याम्ब्रेटले सन् २०१७ मा यू–२३ रेसको उपाधि जितेका थिए ।






