एजेन्सी, २१ साउन । अस्ट्रेलियाले इंग्ल्याण्डलाई २ सय ५१ रनले पराजित गरेको छ ।
एसेज श्रृङखला अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्डलाई अस्ट्रेलियाले २ सय ५१ रनले पराजित गरेको हो ।
एज्बास्टनमा भएको खेलको चौथो दिन अस्ट्रेलियाले चार विकेटको क्षतिमा ४ सय ८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो ।






