काठमाडौँ, २१ साउन । ट्युसन पढ्ने अवसर पाउने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको सरकारी अध्ययनले प्रमाणित गरेको छ ।
यसले ट्युसन प्रवृत्ति व्यापक झाँगिएको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले कक्षा ५ का विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा गरेको अध्ययनले ट्युसन पढ्नेहरुको भन्दा नपढ्नेहरुको स्तर खस्किएको देखाएको छ ।
विद्यार्थीको अध्ययनमा अभिभावक, साथीहरु र ट्युसनबाट सहयोग मिल्ने गरेको छ । देशभरिका एक हजार चार सय विद्यालयका २८ हजार ३८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयको १५ र सामुदायिक विद्यालयको छ प्रतिशतभन्दा बढी विद्यार्थीले ट्युसन पढ्ने गरेको देखिएको छ । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।





