सुनको मूल्य अहिलेसम्मकै उच्च भएपछि बिक्न छोड्यो सुन

काठमाडौँ, २१ साउन । नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १८ कार्तिक । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु

एजेन्सी, १८ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् ।

एजेन्सी, १७ कार्तिक । चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण