रोम्बस नेशनल कलेज सञ्चालनमा

भक्तपुर, १९ साउन । भक्तपुरमा नयाँ कलेज रोम्बस नेशनल कलेज सञ्चालनमा आएको छ ।

शिक्षाको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा चिनिएको भक्तपुरमा स्नातक तहको पठनपाठन हुने गरी कमलविनायक क्षेत्रमा रोम्बस नेशनल कलेज सञ्चालनमा आएको हो । सो कलेजको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र द्वन्द्व व्यवस्थापनविद् बालानन्द शर्माले संयुक्त रुपमा गर्नुभएको थियो ।

चाँगुनारायण नगरपालिका वडा नं। ७ वागेश्वरीमा यही शैक्षिक सत्रदेखि स्नातक तहमा बीएसडब्लू र बीबीएसको पठनपाठन गर्ने गरी कलेज सञ्चालनमा ल्याइएको कलेजका प्रिन्सिपल डा। राजेन्द्र कोजूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘विद्यार्थीहरुलाई प्रयोगात्मक र व्यवहारिक रुपले शिक्षा दिनका लागि कलेज सञ्चालनमा ल्याएका हौं ।’ कलेजको सुरुवातको क्रममा प्रिन्सिपल कोजूले आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन असमर्थ विद्यार्थीलाई विशेष सहुलियतको व्यवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कलेज आम्दानी गर्नका लागि खोलिएको हैन, शिक्षामा थप योगदान दिनका लागि खोलिएको हो ।’

कलेज उद्घाटनको क्रममा नगरप्रमुख मिश्र र द्वन्द्व व्यवस्थापनविद् शर्माले कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई ‘शतप्रतिशत छुट’ को पत्र प्रदान गरेका थिए । कार्यक्रममा उनीहरुले शिक्षा सुधारका लागि थुप्रै सुधार गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ