विश्वकप छनोटमा नेपाल र अस्ट्रेलियाबीच क्यानबेरामा खेल हुने

काठमाडौँ, १७ साउन । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले अस्ट्रेलियासँगको अवे खेल क्यानबेरामा खेल्ने भएको छ।

शुक्रबार अस्ट्रेलिया फुटबलले जनाए अनुसार नेपाल र अस्ट्रेलियाबीच जिआइओ रंगशालामा असोज २३ ९अक्टोबर १०० हुने खेल त्यहाँको समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ ।

त्यसअघि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग अवे खेल खेल्न तयारी गरिरहेको छ।

अस्ट्रेलियासँग खेल्ने लगत्तै नेपालले असोज २८ मा अर्को अवे जोर्डनविरुद्ध खेल्नेछ । नेपालका लागि अस्ट्रेलिया नयाँ प्रतिद्वन्द्वी हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ