काठमाडौँ, १७ साउन । सरकारले सहकारी संस्थाहरुको ब्याजदर तोक्दै १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भएको छ ।
सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिस अनुसार सहकारी संस्थाहरुको पनि कर्जाको व्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरिएको जनाएको छ ।





