एजेन्सी, १६ साउन । ब्राजिलियन सुपर स्टार नेयमारले आफुमाथि लागेको बलात्कार मुद्दामा सफाई पाएका छन् ।
ब्राजिल स्थित साओ पाउलो महान्यायाधिवक्ताको कार्यालयले उनी माथि लागेको बलत्कार मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा खारेज गरिदिएको हो ।
ब्राजिलियन मोडेल नाजिला ट्रिन्डाडेले नेयमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । गत मेमा फ्रान्सको राजधानी पेरिसस्थित एक होटेलमा नेयमारले आफुमाथि जबरजस्ती बलत्कार गरेको आरोप नाजिलाले लगाइएकी थिइन् ।
नेयमार अहिले प्रिसिजन टुरका लागि चीन भ्रमणमा छन् । उनी पीएसजी छाडेर बार्सिलोना जाने चर्चा पनि चलिरहेको छ ।







