काठमाडौँ, १५ साउन । ज्योति विकास बैंकका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध सबै सेवाहरु लिन पाउने भएका छन् ।
बैंक र आइएमई पेबीच भएको सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ् तथा इन्टरनेट बैंकिङ मार्फत ‘आईएमई पे’ मा पैसा पठाई सबै सेवामा डिजिटल भुक्तानी गर्न सकिने छ ।
बैंकका सेवाग्रहीले रिचार्ज गर्न, बिजुली र पानीको बिल भुक्तानी गर्न, इन्टरनेट तथा डिटिएच भुक्तानी, बीमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, होटल लगायतका सेवामा डिजिटल भुक्तानी गर्न सक्ने छन् ।





