पोखरा, १४ साउन । पोखरामा ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ ।
भदौ १४ मा फुलकन्ट्याक्ट मार्फत पोखराको पर्यटनलाई थप बढोत्तरी गर्नका लागि पोखरामा खेलको आयोजना गर्ने आयोजकले जनाएको छ ।
खेलमा ३२ पुरुष र ३२ महिला गरि ६४ खेलाडीको सहभागिता रहने उक्त खेलमा पुरुष तथा महिला खुला तौल समूहका संघमा आवद्ध खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छ ।
खेलमा प्रथम हुनेले पुरस्कार स्वरुप १ लाख जित्ने छन् । त्यस्तै दोस्रो हुनेले क्रमश ५० हजार र २५ हजार पाउने छन् । महिला पुरुष खेलमा उत्कृष्ट सबैलाई समान पुरस्कार दिइने छ ।







