काठमाडौँ, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले समान विचार भएका दलसँग एकता गर्ने राप्रपा संयुक्तको निर्णयको स्वागत गर्ने, २२ बुँदे माग पूरा गराउन सरकारसँग वार्ता गर्ने, प्रशिक्षणहरु चलाउने निर्णय गरेको छ ।





