नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ साउन‌‌ । आज आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक पुनःदोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेर नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ विन्दुले घटेर २७०.०४ मा झरेको छ । कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर घटेको छ । सामूहिक लगानी कोष ०.१६ विन्दुले बढ्दा बैंकिङ १५.९२, व्यापार २.५३, होटल ९.४९, विकास बैंक १५.४९, जलविद्युत् ११.८५, वित्त १.८३, निर्जीवन बीमा ९९.६७, उत्पादन २४.७२, अन्य ७.४४, लघुवित्त २७.७ र जीवन बीमा १०६.८९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु चार करोड आठ लाख २४ हजार ३०६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड एक लाख ७२ हजार ४३२, छिमेक लघुवित्त विकास बैंक रु दुई करोड ४० लाख ४२ हजार ९४, एनआइसिएशिया बैंक रु दुई करोड १७ लाख चार हजार ५७, शिवम सिमेन्ट रु दुई करोड छ लाख ६८ हजार १५७ र प्रभु बैंक रु दुई करोड छ लाख २४ लाख ७५१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिर्जना लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.७२ प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनी ४.६०, एनएमबी सुलभ फण्ड ३.५९, एनएमबी हाइब्रिड फण्ड ३.१३ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०१ प्रतिशतले आर्जन गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक

काठमाडौँ, २० कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५)