काठमाडौँ, १२ साउन । थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण जितेका छन् ।
विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको हो । त्यस्तै सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् ।




