महेन्द्र शान्तिमा ११ कक्षामा भर्ना भएका १० विद्यार्थीले पाए छात्रवृत्ति

नयाँ विद्यार्थीलाई स्वागत र ओरिएन्टेशन

भक्तपुर, ११ साउन । सूर्यविनायक नगरपालिकाभरिकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित वडा नं २ बालकोटस्थित महेन्द्र शान्ति माविमा चालु शैक्षिक सत्रमा ११ कक्षामा भर्ना भएका १० जना विद्यार्थीलाई कक्षा ११ र १२ मा समेत पढ्न पाउने गरि छात्रवृत्ति दिइएको छ । विद्यालय व्यवस्थापनले यसैवर्षदेखि व्यवस्थापन र शिक्षा विषयमा कक्षा ११ को पढाई शुरु गरेको हो । आइतबारदेखि नै कक्षा ११ को पढाई सञ्चालन हुँदैछ ।

विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा महेन्द्र शान्ति मावि व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् शिक्षासेवी हेमन्तकुमार कार्कीले सो विद्यालयमा ११ कक्षामा पढ्ने दुईजनालाई, व्यवस्थापन समितिका पुर्व अध्यक्षद्घय रोहित बहादर राना क्षेत्री र भोला सिंह सिलवालले दुई÷दुईजना विद्यार्थीलाई व्यक्तिगत छात्रवृत्ति प्रदान गरे ।

यसैगरि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका इन्जिनियर सुमन कार्कीले एकजना, स्थानीय बालकोट निवासी पुर्णदास सामा श्रेष्ठले एकजना, प्रदिप कार्कीले एकजना र मोहन रानाभाटले एकजना विद्यार्थीलाई कक्षा ११ मा पढ्नको लागि छात्रवृत्ति प्रदान गरेका छन् । दाताहरुले ती १० जना विद्यार्थीलाई १२ कक्षामा पढ्नको लागि समेत छात्रवृत्ति दिने घोषणा गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कार्कीले यसअघि सो विद्यालयमा आफ्ना स्वर्गीय बुबाआमा र दाईको नाउँमा ५ लाख रुपैयाँको अक्षयकोष खडा गरी हरेक वर्ष ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा विद्यालयको बारेमा जानकारी गराउने उद्धेश्यले शुक्रबार विद्यालयले स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्यो ।

विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका पदेन अध्यक्ष कमलनाथ आचार्य, निर्वतमान अध्यक्ष एवम् दाता हेमन्त कार्की, पुर्व अध्यक्षद्वय रोहित बहादर राना क्षेत्री र भोला सिंह सिलवाल, सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराई तथा शिक्षक गोपीकृष्ण खतिवडालगायतले बोलेका थिए ।

विद्यालयमा पहिलोपल्ट यसवर्षदेखि शुरु गरेको कक्षा ११ को पढाईको लागि सरकार र स्थानीय निकायबाट कुनै अनुदान नआउने हुनाले शिक्षासेवी दाताहरुबाट सहयोगको अपेक्षा गरिएको प्रधानाध्यापक थापाले बताए । ‘हामीलाई अर्काे वर्षदेखि आर्थिक समस्या हुँदैन, पहिलो वर्ष भएकोले केही समस्या पर्छ कि भन्ने हो’ उनले भने ।

सो विद्यालयका मेधावी छात्र गोपाल सत्यालले २०७५ सालको माद्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३ दशमलव ८० जिपिएका साथ सामुदायीक माद्यमिक विद्यालयबाट नगर प्रथम भएपछि सो विद्यालय चर्चामा आएको थियो । सो नगरपालिका क्षेत्रमा महेन्द्र शान्ति माविको साथै अरु ८ वटा सामुदायीक माविका विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

कुल ३७ जना परिक्षार्थी सहभागी भएको सो परिक्षामा उक्त विद्यालयबाट गोपालले ए प्लस, ३ जनाले ए, ६ जनाले बि प्लस, १३ जनाले बि, १३ जनाले सि प्लस र एकजनाले डि प्लस जिपिए ल्याएर उतिर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ