काठमाडौँ, ११ साउन । नेपालले कुवेतमाथि सानदार जीत हासिल गरेको छ ।
आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा पारस खड्काले ६८ रन, ज्ञानेन्द्र मल्लले २१ रन जोड्दै आउट भए । त्यस्तै सरद भेस्वाकरले ३८ दिपेन्द्र सिं एरेले १ रनमा नै आउट भए । रोहित कुमारले ६ रन जोड्न सफल भए ।
१५.५ ओभरमा ३ विकेटको क्षतीमा नेपालले कुवेतले दिएको लक्ष्य पुरा गर्दै जीत हासिल गरेको हो । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । ओपनर समेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका १ छक्का प्रहार गरे ।
योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान पारसले नेदरल्याण्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभर मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्ने छ ।






