फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ, १० साउन । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा रहेको थियो ।

फिफा वरियता अनुसार दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । एसियाली मुलुकमा भने ४६ मध्ये नेपाल ३५ औं स्थानमा छ । भारतमा एक सय ३ औं र माल्दिभ्स १ सय ५२ औं स्थानमा छ । दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय ४ औं स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा पोर्चुगल, सातौंमा क्रोएसिया, आठौंमा कोलम्बिया, नवौंमा स्पेन र दशौंमा अर्जेन्टिना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको