फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ, १० साउन । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा रहेको थियो ।

फिफा वरियता अनुसार दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । एसियाली मुलुकमा भने ४६ मध्ये नेपाल ३५ औं स्थानमा छ । भारतमा एक सय ३ औं र माल्दिभ्स १ सय ५२ औं स्थानमा छ । दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय ४ औं स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा पोर्चुगल, सातौंमा क्रोएसिया, आठौंमा कोलम्बिया, नवौंमा स्पेन र दशौंमा अर्जेन्टिना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने