गोल्डेन पींक विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिम सहभागि हुने

काठमाडौँ, ९ साउन । आठौँ गोल्डेन पींक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् ।

आज आयोजक स्कुल गोल्डेन पींकका प्रिन्सिपल छत्रमणि राईले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिदै विद्यालयनै खेलकुदको मेरुदण्ड भएको बताए ।

चाबहिल सरस्वतीनगर स्थित गोल्डेन पीक हाईस्कुलको कोर्टमा साउन १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

साउन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले शिल्ड,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६

काठमाडौँ, ४ कार्तिक । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप

काठमाडौँ, ३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ