घर र गाडी किन्न दिइने ऋणमा कडाइ गरिने

काठमाडौँ, ९ साउन । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ । बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँकलन गरेर राष्ट्र बैंकले सीमा तोक्ने छ ।

मौद्रिक नीतिमा भएको यो व्यवस्था कार्यान्वयनका लागि चाँडै नै सर्कुलर जारी गरिने उनले जानकारी दिए । घर वा गाडी खरिदका लागि कर्जा दिँदा व्यक्तिले मासिक आम्दानीको कति प्रतिशत किस्ता तिर्न सक्छ, सोही अनुपातमा मात्रै ऋण दिन सकिने प्रवक्ता निरौलाले जानकारी दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन