ग्रामरका विद्यार्थी लोक बाजा संग्रहालयमा

काठमाडौँ, ८ साउन । ग्रामर पब्लिक स्कुल कोटेश्वरको संगीत क्लवमा आवद्ध ११ विद्यार्थी नेपाल लोक बाजा संग्रहालय त्रिपुरेश्वरको अवलोकन भ्रमणमा गएका छन् । विद्यालयका संस्थापक निर्देशक एवम् गीतकार दिलेन्द्र मुकारुङ्ग राईसंग कक्षा ४ देखि १० सम्मका विद्यार्थी नेपाल टेलिभिजनको वाल कार्यक्रम ‘हिँड्दा हिँड्दै’ को सुटिङ्गको सिलसिलामा त्यहाँ गएका हुन । कार्यक्रममा ‘हिँड्दा हिँड्दै’ कार्यक्रमका निर्देशक हेमन्त गौतम, फोटोग्राफर नेल्शन मुकारुङ्ग राईलगायत थिए ।

त्यहाँ गएका गायक, उद्घोषक, कलाकारहरु विद्यार्थीहरुमा अनामिका अर्याल, प्रतिक राई, स्मारिका सिटौला, चाँदनी राई, स्मृति राई, निहारिका राई, गौरव पौडेल, आस्का कर्ण, तपुर अधिकारी लगायत थिए । उनीहरुलाई नेपाली लोकबाजा संग्रहालयका रामप्रसाद कँडेलले त्यहाँ राखिएका विभिन्न थरीका बाजाको बारेमा विद्यार्थीहरुलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्