ग्रामरका विद्यार्थी लोक बाजा संग्रहालयमा

काठमाडौँ, ८ साउन । ग्रामर पब्लिक स्कुल कोटेश्वरको संगीत क्लवमा आवद्ध ११ विद्यार्थी नेपाल लोक बाजा संग्रहालय त्रिपुरेश्वरको अवलोकन भ्रमणमा गएका छन् । विद्यालयका संस्थापक निर्देशक एवम् गीतकार दिलेन्द्र मुकारुङ्ग राईसंग कक्षा ४ देखि १० सम्मका विद्यार्थी नेपाल टेलिभिजनको वाल कार्यक्रम ‘हिँड्दा हिँड्दै’ को सुटिङ्गको सिलसिलामा त्यहाँ गएका हुन । कार्यक्रममा ‘हिँड्दा हिँड्दै’ कार्यक्रमका निर्देशक हेमन्त गौतम, फोटोग्राफर नेल्शन मुकारुङ्ग राईलगायत थिए ।

त्यहाँ गएका गायक, उद्घोषक, कलाकारहरु विद्यार्थीहरुमा अनामिका अर्याल, प्रतिक राई, स्मारिका सिटौला, चाँदनी राई, स्मृति राई, निहारिका राई, गौरव पौडेल, आस्का कर्ण, तपुर अधिकारी लगायत थिए । उनीहरुलाई नेपाली लोकबाजा संग्रहालयका रामप्रसाद कँडेलले त्यहाँ राखिएका विभिन्न थरीका बाजाको बारेमा विद्यार्थीहरुलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर