काठमाडौँ, ८ साउन । मलेसियालाई हराउदै नेपालले सानदार जित हासिल गरेको छ ।
नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ ।
वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।





