एकताप्रक्रिया निष्कर्षमा पुगिसक्यो, नेकपाका नेता र कार्यकर्ता पुष्पलालका उत्तराधिकारी : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ७ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रक्रिया अब करिब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आज किर्तिपुरको चम्पादेवीमा आयोजना गरेको ४१ औं पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनसम्म सकिने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक–दुई औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौं । हाम्रो लक्ष्य यही साउनभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुंग्याउनेछौं, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्नेछौं ।’

अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरेको धारणा प्रस्तुत गर्नुभयो । पुष्पलालले नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेर विसं २०२५ मा गोरखपुर सम्मेलनमार्फत् एउटा झण्डा उठाएको समेत उहाँले जानकारी गराउनुभयो ।

अध्यक्ष प्रचण्डले पुष्पलालको मानसिक सन्तति आफूहरू भएको उल्लेख गर्दै समाजवादको यात्रा पनि उहाँकै सपना अनुसार पूरा गरिने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने समेत बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र सशस्त्र किसान संर्घषमार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको सोचअनुसार विभाजित पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताउनुभयो । प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफूहरु आइपुगेको भन्दै पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले