बेलायतको नयाँ प्रधानमन्त्री जोन्सन बन्ने पक्का

एजेन्सी, ७ साउन । बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोन्सन बन्ने भएका छन् ।

कन्जर्भेटिभ पार्टीको नेताका रुपमा निर्वाचित भएपछि जोन्सन टरिजा मेको उत्तराधिकारीका रुपमा बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लण्डनका पूर्व मेयर र विदेश मन्त्रीसमेत बनिसकेका जोन्सनले ९२ हजार १ सय ५३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरे । पार्टीको नेतृत्वमा निर्वाचिन भए पनि जोन्सनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न बुधबारसम्म पर्खनु पर्नेछ ।

बुधबार बेलायती संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि कामचलाउ प्रधानमन्त्री टरिजा मेले महारानीसमक्ष राजीनामा बुझाउनेछिन् । त्यसपछि मेको उत्तराधिकारीका रुपमा बकिंघम प्यालेस गएर महारानीबाट जोन्सनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, २२ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । निस्दी गाउँपालिका-३

काठमाडौ‌ँ, २२ मंसिर । लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लागू

बाजुरा, २२ मंसिर । बाजुरामा वनमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया

इटहरी, २२ मंसिर । सुनसरीको इटहरीस्थित होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । आइतबार बिहान इटहरी उपमहानगरपालिका-६