काठमाडौँ, ७ साउन । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा छापावाला सुन स्थिर रहदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी स्थिर रहदै प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





