काठमाडौँ, ६ साउन । एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ ।
बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३ सय २ एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।





