नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौँ, ५ साउन । आज आइतबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ ।

आइतबार शेयर बजारमा परिसूचक नेप्से झण्डै ४ अंकले घटेको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । कारोबार रकम पनि गत साताभन्दा घटेर २९ करोड ८१ लाख रुपैयाँमा झरेको छ । फाइनान्स र माइक्रोफाइनान्स समुहबाहेक सबै समुहहरु घटेका छन् ।

 लगानीकर्ताले सिभिल बैंक, शिवम सिमेन्ट, नेपाल बैंक लगायतका कम्पनीहरुको शेयर कारोबार बढाएका छन् । आइतबार लगानीकर्ताले शेयर विक्रीगर्दा भरित औसत लागतको गणना गर्दा आफैले लागत मूल्य स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएका कारण बजार प्रभावित भएको छ । त्यस्तै पछिल्लो समय बैंकहरुबिच मर्जरको हल्लाले पनि साना तथा सस्तो मूल्य भएका बैंकहरुको शेयर कारोबार बढेको छ ।

त्यस्तै कम्पनीहरुको आर्थिक वर्ष २०७५्०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने समय भएकाले पनि लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाएको देखिन्छ । जसका कारण कारोबार रकम कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, १९ कार्तिक । आज सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम