काठमाडौँ, २ साउन । एनआईसी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत सम्मको छुट प्रदान गरिने छ।





