नेपाल टेलिकमले ल्यायो छुटै छुटको बहार

काठमाडौँ, २ साउन । नेपाल टेलिकमले ग्राहकलाई ध्यानमा दिई सेवा सुविधा प्रभावकारी बनाउँदै मोबाइल तथा ल्याण्डलाइनमा छुटै छुटको बहार ल्याएको छ ।

नेपाल टेलिकमले ल्याण्डलाईन फोन जडानको शुल्क घटाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले १ हजार ६ सय ३५ रुपैयाँमै टेलिफोन जोड्न सकिने जनाएको हो । यसअघि टेलिफोन जोड्न २ हजार २ सय रुपैयाँ लाग्ने गर्दथ्यो ।

टेलिकमले पोष्टपेड मोबाइलको मुल्य पनि घटाएको छ । टेलिकमले १ हजार ५ सय १० रुपैयाँमा दिएको पोष्टपेड सीमको मुल्य जम्मा ९ सय ४५ रुपैयाँ कायम गरेको हो ।

टेलिकमले फोनको शुल्क घटाएसँगै टेलिफोन नामसारी शुल्क पनि घटाउको छ । अब टेलिफोन नामसारी गर्दा जम्मा ६ सय ७८ रुपैयाँ मात्रै भुक्तानी गरे पुग्छ । यसअघि नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो ।

नेपाल टेलिकमले आर्थिक विधेयक, २०७६ मा व्यवस्था भएअनुसारको शुल्क कायम गरिएको जनाएको छ । आर्थिक वर्ष लागु भएसँगै अन्य इन्टरनेट प्रदायक सेवा संस्थाहरुले सेवाको मुल्य बढाउँदा टेलिकमले सबै सेवाहरुको मुल्य घटाएको छ । टेलिकमले विभिन्न अफरको शिर्षकमा शुल्क घटाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate