पर्यटन वर्ष २०२० : मन्त्री पोखरेद्वारा विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान

काठमाडौँ, १ साउन । विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट तथा पर्यटकीय सम्भावना बोकेको देश मध्येको एक भएको बताउँदै विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गर्नुभएको छ ।

नेपालको संयोजक अमित उपाध्यायको विशेष पहल तथा कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा आयोजित नेपालको पर्यटन कला र संस्कृती बिषयक गोष्ठीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपाल सर्वोच्च शिखर सगरमाथा तथा गौतवबुद्धको देश समेत भनेर चिनिने गरेको स्मरण गराउँदै नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएको बताए ।

भिजिट नेपाल २०२० लाई सफल बनाउन आयोजित नेपालको पर्यटन कला र संस्कृती बिषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपाल प्राकृतिक, सांस्कृतिक, पर्यटकिय लगायतका क्षेत्रमा सम्भावना वोकेको देश भएको बताउँदै नेपाल सर्वोच्च शिखर सगरमाथा तथा गौतवबुद्धको देश समेत भनेर चिनिने गरेको स्मरण गराउनुभयो । उहाँले नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएको बताउदै मन्त्री पोखरेलले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार समृद्ध नेपाल, सुखि नेपालीको नाराका साथ अघि बढिरहेको बताउनुहुँदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो । नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुदै मन्त्री पोखरेलले विविधताले भरिपूर्ण सुन्दर देश भ्रमण गर्न सम्पूर्णमा आग्रह गर्नुभयो ।

नेपालीज अमेरिकन फेस्टीवल कन्फरेन्सको चौंथो श्रृखलाको रुपमा नेपाली पर्यटन, कला र परम्पराको प्रदर्शनी गरिएको उक्त कार्यक्रममा अमेरिकी समाज र नेपाली गैरआवासीय संगठन लगायत अन्य बैदेशिक कुटनितिक पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

अमेरिकी मेट्रोपोलिटन म्यूजियम अफ आर्टका क्युरेटर जोन गाई, हार्वड विश्वविधालयका प्राध्यापक माइकल विटजार्ड लगायत पाटाका न्यूयोर्क च्याटपर प्रमुख एलिजावेथ चिन, पर्यटन वोर्डका सिनियर अफिसर दिवाकर बिक्रम राना, नेपाली काउन्सलर पुष्प राज भटराई अनि रिमोट ल्याण्डसकी संस्थापीका क्याथरिन हेयल्डसको पनि प्यानलिस्टका रुपमा उपस्थिती रहेको थियो ।

प्रमुख अतिथिका रुपमा नेपाल सरकारका शिक्षा मन्त्री पोखरेलको उपस्थिती रहेको थियो भनें पर्यटन वोर्डका दिवाकर बिक्रम रानाको पनि बिषयगत प्रस्तुति रहेको थियो । उक्त कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनको हिसावले अत्यन्त व्यवस्थित तथा प्रभावकारितामूलक भएको बताइएको छ । सो समूह द्वारा यहि आगामी सेप्टेम्बरमा विशेष कार्यक्रम गर्ने योजना पेस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानलाई  सार्थकतामा पुर्याउन नेपाल सरकारको मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीको

काठमाडौँ, २२ मंसिर । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दल कै सांसदहरुले आशंका व्यक्त गरेका

काठमाडौँ, २२ मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको

रामेछाप, २२ मंसिर । नेकपा रामेछापले जिल्लाका सबै स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ ।