महत्वपूर्ण निर्णहरु गर्दै हनुमन्ते नदि सफाई अभियानको बैठक सम्पन्न

भक्तपुर, ३१ असार । भक्तपुरमा स्वच्छ, सफा र सुन्दर भक्तपुरको कल्पनाका साथ शुरु गरिएको हनुमन्ते नदी सफाई अभियानले आगामी दिनमा व्यापक मात्रामा अभियानको कार्यशैलि परिवर्तन गर्दै अझ बढी प्रभावकारी बनाउने भएको छ ।

आज अभियानको सचिवालय सल्लाघारीमा हनुमन्ते नदि सफाई अभियानका प्रमुख सल्लाहकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतको प्रमुख आतिथ्यताका साथ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको वैठकबाट अभियानलाई प्रभावकारी तवरबाट सञ्चालनार्थ धेरै महत्वपूर्ण विषयहरुमा व्यापक मात्रामा छलफल गरेको छ ।

हनुमन्ते नदि सफाई अभियानले हालै आएको बाढीबाट प्रभावित बनेको पक्षलाई उद्धार टोली गठन गरि उद्धारकार्यमा खेलेको भूमिकाप्रति प्रशंसा गर्दै बैठकबाट धन्यवाद प्रकट गरिएको छ । ७२ औ हप्ताको कार्यक्रम पनि बाढीपिडित पक्षको उद्धार र सो आसपासको भूगोल सफाई एवं अनुगमन गर्दै सम्पन्न गरिएको विषयलाई लिपिबद्ध गर्दै आगामी ७३ औ हप्ताको कार्यक्रम सांसद वस्नेतको पहलबाट अत्यन्तै छोटो समयमा निर्माण सम्पन्न भएको राधेराधे बाट दक्षितर्फ करिब १५० मिटर अगाडि रहेको ट्रष्टपुल उदघाटन गरि सो पूल आसपास सरसफाई कार्यक्रम निर्धारित समयमानै उपस्थित भै सम्पन्न गरिने भएको छ ।

त्यसैगरि अभियानको एक आर्कषक वेभसाईट बनाउने, अभियानमा कार्यलय सहयोगी सहित राखि सचिवालयको व्यवस्थापन गरिने, अभियानलाई दर्ता गरि संस्थागत स्वरुप दिन आवाश्यक प्रकृया अगाडि बढाईने, सफाई अभियान प्रति चेतनास्तर बृद्धि गर्न अभियानको १० मिनेटको भिडियो डकुमेन्ट्र बनाई जिल्ला भित्रका शैक्षिक संस्थाहरुमा प्रर्दशन गरिने, भक्तपुर जिल्लालाई खुल्ला फोहोर मुक्त जिल्ला बनाउने उद्देश्यका साथ जिल्लाभित्र कार्यरत फोहोरमैला व्यवस्थापन क्षेत्रमा कार्यरत संघ संस्थाहरु लगायतका सरोकारवालाहरुसँगको छलफल प्रकृया अगाढि बढाउने, अभियानलाई आमजनसमुदायका विच पू¥याउन अभियानबाट एक यूटुब च्यानल सञ्चालन गर्ने, अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सरोकारवालाहरुकोसँगको तत्काल अन्तरक्रियात्मक कार्यक्रमको आयोजन गर्नै, ७५ औ हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रमको रुपमा मनाउन आवश्यक तयारीमा जुट्ने, गाडीहरुबाट अधिक भैरहेको फोहोर व्यवस्थापन गर्न गाडी भित्र अनिवार्य डस्टविन राख्ने बारे सम्बन्धित यातायात व्यवसायीक प्रतिनिधिसँग तत्काल विशेष छलफलको कार्यक्रम महानगरीय परिसर भक्तपुरका प्रहरी उपरिक्षक सबिन प्रधानको संयोजनमा सम्पन्न गरिने लगाएतका महत्वपूर्ण निर्णयहरु गर्दै निर्धारित वैठक सम्पन्न गरिएको छ ।

वैठकमा अभियानका सह–संयोजकद्धय अन्जनादेवी मधिकर्मी, जुना वस्नेत, शसस्त्र प्रहरीबल प्रमुख पुरुषोत्तम थापा, उत्प्रेरक रुद्र पौडेल लगायत प्रमुख अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण